Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

फोहोर व्यवस्थापन गर्न आवश्यक ठान्दैनन् नेपालगञ्जका अस्पताल

फोहोर व्यवस्थापन गर्न आवश्यक ठान्दैनन् नेपालगञ्जका अस्पताल

बाँके : सदरमुकाम नेपालगञ्जमा रहेको १५० श्ययाको भेरी अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ।

अस्पतालमा फोहोर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई समेत रोगको सङ्क्रमण हुने सम्भावना रहेको अध्ययनले देखाएको छ ।

तराई मानव अधिकार रक्षक सञ्जाल ‘थर्ड एलायन्स’ को पहलमा विज्ञको टोलीले गरेको अध्ययनले अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन वैज्ञानिक र व्यवस्थित नभएको निष्कर्ष निकालेको छ।

अस्पतालले कुहिने र नकुहिने फोहोरलाई एकै ठाउँमा मिसाएर फाल्ने गरेको, फोहर राख्ने भाडामा चिह्न नलेखिएको, कुन फोहोर कहाँ फाल्ने भन्ने व्यवस्थासमेत नरहेको पाइएको संस्थाका उपप्रादेशिक कार्यालय नेपालगञ्जका प्रमुख आलम खानले बताए।

अस्पतालबाट धेरैजसो जोखिमयुक्त फोहर निस्कने भए पनि त्यसलाई पुरानै ढङ्गबाट व्यवस्थापन गर्दा वरपरको वातावरणमा समेत नराम्रो प्रभाव पर्ने निष्कर्ष अध्ययनले निकालेको छ।

यो विषयमा अस्पतालका प्रमुख डा. रूपानन्द अधिकारीले नेपालगञ्ज उपमहानगरपालिकाले फोहर लिन नमानेपछि समस्या आएको प्रतिक्रिया दिए। ‘यो समस्या हाम्रो अस्पतालको मात्र होइन, नेपालगञ्जका सबै अस्पतालको अवस्था अहिले यस्तै छ। उपमहानगरपालिकाले कुनै अस्पतालको फोहर पनि सङ्कलन गरेको छैन,’ उनले भने।

फोहरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम अस्पतालजन्य फोहर अन्य फोहरसँग मिसाउन पाइँदैन। त्यसका लागि सबै अस्पतालमा फोहर प्रशोधन प्लान्ट हुनु आवश्यक छ तर, नेपालगञ्जका कुनै पनि अस्पतालले प्लान्टको व्यवस्था गरेका छैनन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन