सुस्त श्रवणशक्ति भएकी बालिकालाई लिएन विद्यालयले भर्ना
बर्दिया : घर नजिकको विद्यालयले सुस्त श्रणव शक्ति भएको भन्दै भर्ना गर्न अस्वीकार गरेपछि बढैयाताल गाउँपालिका–४ खैरेनीकी १० वर्षीया राधा पासीले पढ्न पाएकी छैनन्।
राधा पाँच वर्ष पुग्ने बित्तिक्कै बुबा राधेश्याम पासीले नजिकैको ज्ञानदोय माविमा भर्ना गर्न लगेका थिए। तर विद्यालयले सुस्त श्रणव शक्तिका विद्यार्थीलाई पढाउने छुट्टै व्यवस्था नभएको र अन्य सामान्य विद्यार्थीसँग राखेर पढाउन नसकिने भन्दै भर्ना लिन मानेन।
राधा अरु सामान्य मानिससरह प्रष्टसँग बोल्न सक्दिनन्। जन्मैदेखि उनको बोली आउँदैन। आवाजबाट उनीले आफ्ना कुरा अरुलाई भन्न सक्दिनन्। अन्य विद्यालयमा पनि पटक–पटक भर्ना गर्ने प्रयास पनि विफल भएको बुबा राधेश्यामले बताए।
नेपाल सरकारले विद्यालयमार्फत आधारभूत तहको शिक्षा अनिवार्य र विद्यालय जाने उमेरका बालबालिका अनिवार्य भर्ना गर्ने नीतिसहित अभियान चलाउँदै आएको छ। शिक्षाका लागि अभियान चालेको भए पनि राधाजस्ता बालबालिका ती नीति र अभियानभित्र पर्न सकेका छैनन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?