पाटन अस्पतालमा वर्षौदेखि गैर चिकित्सकलाई विशेषज्ञ चिकित्सकको जिम्मेवारी
काठमाडौं: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा विभागले गैर चिकित्सकलाई विशेषज्ञ चिकित्सकको रुपमा काम गराएको भन्दै वर्षौ पछि उनीहरु विरुद्ध नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ।
अस्पतालको अर्थोडन्टिक्स तथा डेन्टोफेसिय अर्थोपेडिकल विभागमा दुई जना गैर चिकित्सकले बर्षौ देखि विशेषज्ञ चिकित्सकको रुपमा काम गर्दै आएको भन्दै काउन्सिलमा उजुरी परेको हो।
उजुरी नेपाल डेन्टल एसोसिएसनले हालेको हो । एसोसिएसनका अध्यक्ष डा प्रविन्द्र अधिकारीले उनीहरु गैर चिकित्सक भएर पनि दन्त विशेषज्ञले गर्ने काम गर्दै आएको बताए । उनले भने , ‘उहाँहरु वर्षौदेखि त्यहाँ कार्यरत हुनुहुँदोरहेछ त्यसकै आधारमा काम गरेकाे हाेला । लाइसेन्स बिना नै कसरी काम गर्न मिल्छ ? सिप होला फरक कुरा भयो तर बिरामीलाई विशेषज्ञ सेवा दिन्छु भन्न पाइन्न नि उनले भने । ‘ मोटरसाइकल चलाउन जानेको छु भन्दैमा लाइसेन्स नै नभइकन चलाउन पाइन्छ त उनले प्रश्न गरे ।
डा अधिकारीले एसोसिएसनका तर्फबाट अस्पताल प्रशासनलाई धेरैपटक भनेको भए पनि खासै वास्ता नगरेको गुनासो गरे । अस्पतालले वास्ता नगरेपछि मात्र काउन्सिलमा उजुरी हालेको पनि उनले जानकारी दिए । अन्य अस्पतालमा पनि यस्ता गैर चिकित्सक रहेकाे भन्ने सुनेका छाैं अब त्यसकाे पनि छानविन हुन्छ उनले भने ।
यता काउन्सिलका रजिष्टार डा दिलिप शर्माले उजुरीका विषयमा तत्काल समिति बनाएर छानविन गरिने बताए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण