Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पाटन अस्पतालमा वर्षौदेखि गैर चिकित्सकलाई विशेषज्ञ चिकित्सकको जिम्मेवारी

पाटन अस्पतालमा वर्षौदेखि गैर चिकित्सकलाई विशेषज्ञ चिकित्सकको जिम्मेवारी

काठमाडौं: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा विभागले गैर चिकित्सकलाई विशेषज्ञ चिकित्सकको रुपमा काम गराएको भन्दै वर्षौ पछि उनीहरु विरुद्ध नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ।

अस्पतालको अर्थोडन्टिक्स तथा डेन्टोफेसिय अर्थोपेडिकल विभागमा दुई जना गैर चिकित्सकले बर्षौ देखि विशेषज्ञ चिकित्सकको रुपमा काम गर्दै आएको भन्दै काउन्सिलमा उजुरी परेको हो।

उजुरी नेपाल डेन्टल एसोसिएसनले हालेको हो । एसोसिएसनका अध्यक्ष डा प्रविन्द्र अधिकारीले उनीहरु गैर चिकित्सक भएर पनि दन्त विशेषज्ञले गर्ने काम गर्दै आएको बताए । उनले भने , ‘उहाँहरु वर्षौदेखि त्यहाँ कार्यरत हुनुहुँदोरहेछ त्यसकै आधारमा काम गरेकाे हाेला । लाइसेन्स बिना नै कसरी काम गर्न मिल्छ ? सिप होला फरक कुरा भयो तर बिरामीलाई विशेषज्ञ सेवा दिन्छु भन्न पाइन्न नि उनले भने । ‘ मोटरसाइकल चलाउन जानेको छु भन्दैमा लाइसेन्स नै नभइकन चलाउन पाइन्छ त उनले प्रश्न गरे ।
डा अधिकारीले एसोसिएसनका तर्फबाट अस्पताल प्रशासनलाई धेरैपटक भनेको भए पनि खासै  वास्ता नगरेको गुनासो गरे । अस्पतालले वास्ता नगरेपछि मात्र काउन्सिलमा उजुरी हालेको पनि उनले जानकारी दिए । अन्य अस्पतालमा पनि यस्ता गैर चिकित्सक रहेकाे भन्ने सुनेका छाैं अब त्यसकाे पनि छानविन हुन्छ उनले भने ।

यता काउन्सिलका रजिष्टार डा दिलिप शर्माले उजुरीका विषयमा तत्काल समिति बनाएर छानविन गरिने बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन