Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बढ्दैछ ‘सिकलसेल एनिमिया’

बढ्दैछ ‘सिकलसेल एनिमिया’

नेपालगञ्ज : पश्चिम नेपालका आदिवासी थारू समुदायमा देखिएको सिकलसेल एनिमिया फैलिने क्रमा छ। यो वंशाणुगत सर्ने रोग हो।

चिकित्सकका अनुसार सिकलसेल श्रीमानबाट श्रीमतीमा सर्दैन। तर उनीहरुबाट जन्मेको बच्चामा सर्ने सम्भावना अधिक हुन्छ। विशेषतः नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलालीका थारू समुदायमा यो रोग बढी देखिएको छ।

सिकलसेल एनिमिया यो अलि कडा खालको रक्तअल्पताभएको भेरी अञ्चल अस्पतालका डा. राजन पाण्डे बताउँछन्।

नेपाल सरकारले यो रोगको परीक्षण र उपचारका लागि नेपालगञ्जको भेरी अञ्चल अस्पताल, बर्दियाको राजापुर प्राथमिक स्वास्थ्य केन्द्र र कैलालीको सेती अञ्चल अस्पतालमा आवश्यक व्यवस्था मिलाएको छ। निजीमा बाँकेको मेडिकल कलेज कोहलपुर, नेपालगञ्जको सिद्धार्थ अस्पताल र कैलालीको घोडाघोडी अस्पतालमा यो रोगको उपचार हुन्छ।

केही समयअघि बर्दियामा यो रोगको जाँचका लागि गरिएको कार्यक्रममा २५ हजारभन्दा बढीको जाँच गरी रगत सङ्कलन गरिएको थियो।

रगत सङ्कलन गरिएकामध्ये १६ हजारको परीक्षण रिपोर्ट आइसकेको बताइएको छ। सो रिपोर्टका आधारमा १३ प्रतिशतमा सिकलसेल लुकेको अवस्थामा देखिएको छ। करिब एक प्रतिशतमा रोग लागेको अवस्था रहेको डा. पाण्डेले जानकारी दिए।

डा. पाण्डेका अनुसार सिकलसेल भएको व्यक्तिले जाँड, रक्सी, चुरोट सेवन गर्नु हुँदैन। तर चिल्लो, पिरो र अमिलो बार्नु पर्दैन। बेलाबेलामा  स्वास्थ्य जाँच गराइरहनुपर्छ।

यो रोगको उपचारका क्रममा अहिलेसम्म १२ जनाले ज्यान गुमाइसकेका छन्। भेरी अञ्चल अस्पतालमा मात्रै अहिले २१५ जनाको उपचार भइरहेको छ। तथ्याङ्कअनुसार पश्चिम नेपालका करिब दुई हजार थारूमा सिकलसेल एनिमिया रोग छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन