दुई हजार ५४० विद्यार्थीको उपचार
जुम्ला : जिल्लास्थित पाँच विद्यालयका दुई हजार ५४० विद्यार्थीले स्वास्थ्योपचार पाएका छन्।
कर्णाली मावि अनामनगर, चन्दननाथ नमुना मावि खलङ्गा बजार, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, जनता प्राविधिक मावि महतगाउँ र जनज्योति मावि बारकोटे वाडाका विद्यार्थीले क्षयरोग र मुटुरोग सम्बन्धी उपचार पाएको कर्णाली माविका प्रधानाध्यापक मीनराज शर्माले जानकारी बताए।
तीमध्ये चार विद्यार्थीको शल्यक्रिया गर्नुपर्ने, छ जनाले सामान्य औषधि खानुपर्ने र १० मुटुरोग भएकाहरूको छालाको उपचार र शल्यक्रिया गर्नुपर्ने देखिएको बताइएको छ।
यस्तै छ जनामा बाथ मुटुरोग र १४ जनामा जन्मजात मुटुरोगको समस्या देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताए।
नेपाल क्षयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा जुम्लाको आयोजना र नेपाल क्षयरोग निवारण प्रतिष्ठानको प्राविधिक सहयोगमा चन्दननाथ नगरपालिकाभित्रका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राछात्रको मुटुजाँच गरिएको हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?