फेसबुकमा विकिनी फोटो राख्ने चिकित्सकको लाइसेन्स खारेज
फेसबुकमा विकिनीको फोटो पोस्ट गरेको भन्दै म्यानमारको मेडिकल काउन्सिलले एक चिकित्सकको लाइसेन्स खारेज गरेको छ।
२८ वर्षीया नाङ म्वे सानको यो कार्य आपत्तिजनक र बर्मेली कानुनविपरीत भन्दै काउन्सिलले गत ४ जुनमा लाइसेन्स खारेज गरेको हो।
खारेजपत्रमा उनलाई अनुचित त आपत्तिजनक कपडा लगाएको आरोप लगाइएको छ।
पटकपटक यस्तो नगर्न चेतावनी दिँदा पनि नसुनेको र यो बर्मेलीे परम्पराविरुद्ध भएकाले सानको लाइसेन्स नै खारेज गरेको काउन्सिलले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?