करेन्ट लागेका राजुको उपचारमा समस्या
झापा : करेन्ट लागेर गम्भीर घाइते भएका भद्रपुर नगरपालिका–५ मेची किनारका १८ वर्षीय राजु साहको उपचारमा समस्या आएको छ। रकम अभावका कारण थप उपचार हुन नसकेको भनदै सहयोगका लागि परिवारले याचना गरेको छ।
बिजुलीको काम गरी जीविका गर्ने साहलाई गत वैशाख ११ मा करेन्ट लागेको हो। भद्रपुर–५ स्थित वधशालाअगाडि सडक पोलको ‘हाइटेन्स’ तारबाट उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते उनको दायाँ हात र खुट्टासहित शरीरको विभिन्न भाग जलेको छ।
भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि सोही दिन विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो।
करेन्टले जलेर कामै नलाग्ने भएपछि उनको हात काटिएको छ। खुट्टा पनि काट्नुपर्ने चिकित्सकहरूले बताएका छन्। राजुको उपचारमा अहिलेसम्म १० लाख रुपैयाँ खर्च भइसकेको आमा लखियाले बताइन्। थप उपचारका लागि १० लाख आवश्यक पर्ने अस्पतालले जनाएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य