Health TV Online
Health TV Online

मिर्गौलारोगीद्वारा सहयोगको याचना

मिर्गौलारोगीद्वारा सहयोगको याचना

बाँके : दुवै मिर्गौला फेल भएपछि कोहलपुर नगरपालिका–१ कौशिलानगरका हेमन्तसिंह ठकुरीलाई उपचारमा समस्या भएको छ।

२८ वर्षीय हेमन्त चार महिनादेखि हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा पुगेको दिदी सुमित्राले बताइन्। भाइको स्याहारसुसार गरिरहेकी सुमित्राले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरिन्। ‘आर्थिक अवस्था कमजोर छ, उपचार गर्न नसक्दा भाइले मृत्यु कुरिरहेको छ’, सुमित्राले भनिन्।

सुमित्राका अनुसार हेमन्त कामको सिलसिलामा गत कात्तिकमा पोखरा गएको १७ दिनपछि घाँटीलगायत शरीरका विभिन्न भागमा घाउ देखापर्न थाल्यो। बिरामी भएपछि काम गर्न नसकेर घर फर्किएका भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि भर्ना गरिएको थियो।

गत मङ्सिर ७ गते भेरी अस्पतालले दुवै मिर्गौला फेल भएको जानकारी गराएपछि हेमन्तलाई उपचारका लागि काठमाडौँ र भारतको लखनउसम्म लगिएको थियो। उपचारका क्रममा उनको दुवै मिर्गौला फेल भएको जानकारी अस्पतालले दिएपछि परिवारमा निराशा छाएको छ।

परिवारले आर्थिक सहयोगका लागि सबैसँग आग्रह गरेको छ। सिलाइकटाइ गरेर जीविकोपार्जन गर्दै आएकी दिदी सुमित्राले सोही पेशाबाट कमाएको रकम उपचारका लागि खर्च गर्दै आए पनि त्यो पर्याप्त नभएको बताइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार