Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आईसीयू चार वर्षदेखि अलपत्र

आईसीयू चार वर्षदेखि  अलपत्र

कञ्चनपुर : बिरामीको सुविधाका लागि चार वर्षअघि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्थापना गरेको सघन उपचार कक्ष (आईसीयू) सेवा अझै सञ्चालनमा आउनसकेको छैन।

आर्थिक वर्ष २०७१\७२ मा करोड खर्च गरेर अञ्चल अस्पतालमा आईसीयू सेवा जडान गरिएको भए पनि त्यसका लागि आवश्यक चिकित्सक तथा जनशक्ति नहुँदा सेवा थन्किएको छ ।

‘आईसीयू स्थापना भए पनि जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको हो’, महाकाली अञ्चल अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले भने’, ‘पटक–पटक सञ्चालन गर्न पहल भए पनि केही भएन।’

संघ र प्रदेश सरकारमा आईसीयू सञ्चालनका विषयमा धेरै पटक अञ्चल अस्पताल व्यवस्थापन समितिका पदाधिकारी लागिपरे पनि उपलब्ध हुनसकेको छैन। दरबन्दीको २० प्रतिशत पनि विशेषज्ञ चिकित्सक नहुँदा अस्पताललाई ‘रिफर सेन्टर’को उपमा दिइएको छ।

स्थानीय नागरिक समाज तथा सरोकारवाला निकाय अस्पतालको भौतिक संरचना सुधारका लागि प्रयासरत रहे पनि व्यवस्थापकीय पक्ष सवल नहुँदा अस्पतालले चिकित्सकको अभाव झेल्दै आएको छ। २८ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अञ्चल अस्पतालमा हाल सर्जन, छाला तथा यौनरोग र स्त्रीरोग विशेषज्ञ गरी तीन चिकित्सक मात्र कार्यरत छन्।

‘आईसीयू सेवा सञ्चालनका लागि चिकित्सकसहित कम्तीमा १०\१२ स्वास्थ्यकर्मीको टोली चाहिन्छ’, सूचना अधिकृत अवस्थीले भने, ‘चिकित्सक र आईसीयू सञ्चालनका लागि मन्त्री तथा सांसदहरूसँग छलफल र पहल हुँदा पनि केही नतिजा आएन।’ उनले आईसीयू सेवा नहुँदा जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि धनगढी र भारतका विभिन्न अस्पताल जानुपर्ने बाध्यता रहेको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि