समता अस्पतालमा झुण्डिएको अवस्थामा फेला परिन् ‘क्लिनर’
काठमाडौं : बौद्धस्थित समता अस्पतालमा एक युवती मृत फेला परेकी छिन्। अस्पतालमै कार्यरत २७ वर्षीया विमला तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
विमला मृत फेला परेपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। उनीहरूले अस्पतालले नै उनको हत्या गरेको आरोेप लगाउँदै नाराबाजी गरेका छन्। आफन्तले नाराबाजी गरेपछि अहिले ठूलो मात्रामा अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ।
अस्पताल प्रशासन र मृतक तामाङका आफन्तबीच छलफल भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
रामेछापको दोरम्बाकी विमला केही महिनादेखि अस्पतालमा ‘क्लिनर’का रूपमा कार्यरत थिइन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य