Health TV Online
Health TV Online

समता अस्पतालमा झुण्डिएको अवस्थामा फेला परिन् ‘क्लिनर’

समता अस्पतालमा झुण्डिएको अवस्थामा फेला परिन् ‘क्लिनर’

काठमाडौं : बौद्धस्थित समता अस्पतालमा एक युवती मृत फेला परेकी छिन्। अस्पतालमै कार्यरत २७ वर्षीया विमला तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

विमला मृत फेला परेपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। उनीहरूले अस्पतालले नै उनको हत्या गरेको आरोेप लगाउँदै नाराबाजी गरेका छन्। आफन्तले नाराबाजी गरेपछि अहिले ठूलो मात्रामा अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ।

अस्पताल प्रशासन र मृतक तामाङका आफन्तबीच छलफल भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

रामेछापको दोरम्बाकी विमला केही महिनादेखि अस्पतालमा ‘क्लिनर’का रूपमा कार्यरत थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार