रकम नहुँदा मिर्गौलारोगी रिताको उपचारमा कठिनाइ
संखुवासभा : दुवै मिर्गौला काम नलाग्ने भई नोबेल हस्पिटल विराटनगरमा राखिएकी खाँदबारी नगरपालिका–१० की रिताकुमारी श्रेष्ठको उपचारमा कठिनाइ भएको छ।
रिताको उपचारमा सबै जायजेथासकिइसकेकाले अब थप उपचार गर्न सक्ने अवस्था नभएको पति रामबहादुरले गरे। उनका अनुसार दुवै मृगौला प्रत्यारोपणका लागि करिब ४५ लाख रुपैयाँ जम्मा गर्न चिकित्सकले भनेका छन्।
आर्थिक अवस्था कमजोर भएकै कारण श्रीमती मृगौला प्रत्यारोपण गर्न नसकेकाले विभिन्न संघ संस्थासँग उनले सहयोगका लागि अपिल गरेका छन् । रामबहादुरलेआफ्नोे नाममा रहेको सानिमा बैंकको खाता नं. ०१३०११०४००००५८२ मा रकम जम्मा गरेर सहयोग गर्न आग्रह गरेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण