Health TV Online
Health TV Online
Health TV Online

रामप्यारीका आफन्तले बुझे ओम अस्पतालबाट शव

रामप्यारीका आफन्तले बुझे ओम अस्पतालबाट शव

काठमाडौं : गत बिहीबार ओम अस्पतालमा उपचारमा लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तले गर्दै आएको आन्दोलन टुङ्गिएको छ।

सिन्धुपाल्चोक इन्द्रावतीकी ५० वर्षीया रामप्यारी थापाको सघन उपचार कक्षमा उपचारका क्रममा गत बिहीबार मृत्यु भएको थियो। मृतकका परिवारले अस्पताललाई तिर्न बाँकी रकम मिनाहा गर्ने सहमति भएपछि आफन्तले शव जिम्मा लिएका हुन्।

अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, मृतकका आफन्त मोहन थापा तथा गौशाला प्रहरीको रोहबरमा बसी प्रहरी कार्यालयमा सहमति भएको मृतकका आफन्त खड्गबहादुर श्रेष्ठले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार