स्वास्थ्यको समायोजन झनै जटिल बन्दै, अझै १ महिना कर्मचारीले पत्र नपाउने
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंग्याएको भए पनि समस्या झनै जटिल बन्दै गएको छ । सामान्य प्रशासनले आइतबार स्वास्थ्य मन्त्रालयमा समायोजनको सूची बुझाएको थियो । तर यता कर्मचारीले भने तत्काल पत्र नपाउने भएका हुन्।
स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाइँले समायोजन पहिलेको भन्दा पनि बिग्रेर आएको भन्दै त्यसलाई मिलाउन अझै समय लाग्ने बताए । उनले भने, ‘समायोजनमा ठुलो समस्या अझै कायम छ यसलाई समाधान गर्न केही समय त पक्कै लाग्छ त्यसैले असार महिनाभरी पत्र पठाउन सकिंदैन्।’
यता हिजो नै समायोजनको सूची मन्त्रालयमा आएको भन्दै सोमबार मन्त्रालयमा कर्मचारीहरुको बिहानै देखि भिड नै लागेको थियो । मन्त्रालयमा आएका कर्मचारीले आफू कहाँ परे भन्ने मात्र जानकारी पाए हुन्थ्यो भन्दै प्रवक्ता र प्रशासन प्रमुखलाई कुरेर बसेका थिए ।
मन्त्रालयले समायोजन पत्र मन्त्रालयबाट दिने नभई कर्मचारी कार्यरत कार्यालयमा नै पठाउने गुरागाइँले बताए । समायोजनमा चित्त नबुझाएका १४ हजार बढी स्वास्थ्यका कर्मचारीका गुनासा परेका थिए । ती गुनासा पनि खासै सम्बोधन नभएको देखिएकाे मन्त्रालयले जनाइकाे छ । सामान्यले २७ हजार कर्मचारीको सूची स्वास्थ्य मन्त्रालयमा हिजो मात्रै बुझाएको थियो ।
आर्थिक वर्ष सकि नै लाग्दाको कामकाजको चटारोका कारण पनि मन्त्रालयले कर्मचारी समायोजनको पत्र तत्काल पठाउने छाँटकाँट देखिंदैन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य