विहारमा इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो
विहार भारतको विहारस्थित मुजफ्फरपुरमा इन्सेफलाइटिसबाट १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ।
श्रीकृष्ण मेडिकल कलेजका सुपरिन्टेन्डेन्ट सुनिलकुमार शाहीका अनुसार उपचारका लागि अस्पताल भर्ना भएका ८३ बालबालिकाको मृत्यु भएको छ। मुजफ्फरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरु १७ जना बालबालिकाको मृत्यु भएको छ।
इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ उपलब्ध गराउने बिहारका मुख्यमन्त्री नितिश कुमारले घोषणा गरेका छन्।
मुख्यमन्त्री नितिश कुमारले रोगविरुद्ध लड्न सबै स्वास्थ्य निकायहरुलाई सक्रियतापूर्वक काममा जुट्न निर्देश गरेका छन्।
इन्सेफलाइटिस भएमा यसले उच्च ज्वरो आउने, टाउको दुख्ने र पक्षघात समेत हुन्छ।
गत साता बिहारका स्वास्थ्यमन्त्री मंगल पाण्डेले विज्ञहरुको टोलीले इन्सेफलाइटिस रोग लाग्नुका मुख्य कारण पहिचान गरेको बताएका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?