Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विहारमा इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

विहारमा इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

विहार भारतको विहारस्थित मुजफ्फरपुरमा इन्सेफलाइटिसबाट १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ।

श्रीकृष्ण मेडिकल कलेजका सुपरिन्टेन्डेन्ट सुनिलकुमार शाहीका अनुसार उपचारका लागि अस्पताल भर्ना भएका ८३ बालबालिकाको मृत्यु भएको छ। मुजफ्फरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरु १७ जना बालबालिकाको मृत्यु भएको छ।

इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ उपलब्ध गराउने बिहारका मुख्यमन्त्री नितिश कुमारले घोषणा गरेका छन्।

मुख्यमन्त्री नितिश कुमारले रोगविरुद्ध लड्न सबै स्वास्थ्य निकायहरुलाई सक्रियतापूर्वक काममा जुट्न निर्देश गरेका छन्।

इन्सेफलाइटिस भएमा यसले उच्च ज्वरो आउने, टाउको दुख्ने र पक्षघात समेत हुन्छ।

गत साता बिहारका स्वास्थ्यमन्त्री मंगल पाण्डेले विज्ञहरुको टोलीले इन्सेफलाइटिस रोग लाग्नुका मुख्य कारण पहिचान गरेको बताएका थिए।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन