अत्यधिक गर्मीले वडाध्यक्ष ढलेपछि…
सर्लाही : अत्यधिक गर्मीका कारण हरिवन नगरपालिकाका–११ का वडाध्यक्ष शेख महबुब रेजा बेहोस भएका छन्।
आइतबार दिउँसो वडाभित्र ढल निर्माण कार्यको अनुगमनमा हिँडिरहेको बेला वडाध्यक्ष रेजा भुँइमा ढलेका हुन्।
तत्काल हरिवन स्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचारपछि उनलाई वीरगञ्ज हेल्थ केयर ‘रेफर’ गरिएको थियो।
अन्य कुनै गडबडी नदेखिएकाले गर्मीकै कारण ‘फेन्ट’ भएको हुनसक्ने डाक्टरले बताएको उनका भाइ शेख कौसिन रेजाले जानकारी दिए।
सातायता अत्यधिक गर्मी बढेका कारण विद्यार्थी बेहोश हुन थालेपछि जिल्लाका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गरेका छन्। मलंगवा, लालबन्दी, हरिवन, बागमती र गोडैता नगरपालिका एवं चन्द्रनगर गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?