विषालु च्याउ खाएर बिरामी परेकाको उपचार खर्च सरकारले बेहोर्ने
पाल्पा : निस्दी गाउँपलिकामा च्याउ खाएर बिरामी भएकाहरूको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ।
गत जेठ २४ गते निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको थियो भने दुई जना उपचारपछि घर फर्किएका छन्।
विषालु च्याउका कारण बिरामी परेका ८० वर्षीय प्रेमसिं ठकुरी र दानकुमारीसिं ठकुरीलाई उपचारपछि घर फिर्ता पठाइएको छ।
अस्पतालमा रहेका तीन बिरामीको उपचार जारी रहेको संघीय सांसद दलबहादुर रानाले बताए।
दानकुमारी रानाको उपचारमा लागेको एक लाख ३० हजार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गृह मन्त्रालयबाट स्वीकृत गराएर उपलब्ध गराइएको उनको भनाइ छ।
अन्यलाई उपचारपछि रकम दिइने सांसद रानाले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?