गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेपछि रौतहटका विद्यालय बन्द
रौतहट : गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेपछि रौतहटका सरकारी तथा निजी विद्यालय बन्द गरिएको छ।
जिल्लामा रहेका विभिन्न स्थानीय तहका शिक्षा शाखाले सरकारी विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेका हुन्। प्याब्सन रौतहटले पनि तीन दिन मात्र विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
गर्मीले विद्यार्थी बिरामी पर्न थालेका कारण सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको चन्द्रपुर नगपालिका शिक्षा शाखाका शाखा अधिकृत दिपेन्द्र मण्डलले बताए। अत्यधिक गर्मीले पठनपाठनमै समस्या आएपछि बर्खे बिदाबाट कट्टा हुने गरी नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
गर्मीका कारण सर्वसाधारण कमै मात्रामा घरबाहिर निस्किने गरेका छन् भने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको उपस्थिति घटेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?