क्यान्सरमुक्त भए अभिनेता ऋषि कपुर
बलिउड अभिनेता ऋषि कपुर क्यान्सरमुक्त भएका छन्। अमेरिकामा झण्डै नौ महिनाको उपाचारपछि उनी क्यान्सरमुक्त भएका हुन्।
उनको उपचार न्यूयोर्कको एक निजी क्यान्सर सेन्टरमा भएको हो। यतिवेला उनी न्यूयोर्कस्थित निजी अपार्टमेन्टमा बसिरहेका छन्। उनले गत वर्षको सेप्टेम्बरदेखि अमेरिकामा क्यान्सरको उपचार गराउन थालेका थिए।
हाल उनी चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेका छन्।
क्यान्सरमुक्त भएसँगै ऋषि कपुर आफ्नो ६७ औँ जन्मदिनको दिन सेप्टेम्बर ४ मा भारत फर्किने बताइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?