गर्भवती र सुत्केरीका घरमा स्टिकर
सिन्धुली: फिक्कल गाउँपालिकाले ४३० गर्भवती र सुत्केरीको घरमा पहिचान स्टिकर टाँसेको छ। गाउँपालिकाले गर्भवती र सुत्केरी तथा दुई वर्षमुनिका बालबालिकाको पहिचान गरी सेवाका लागि स्टिकर टाँसेको हो।
सुरक्षित मातृत्व र पोषणका लागि गर्भवती र सुत्केरी पहिचन गर्न दुई किसिमका स्टिकर टाँसेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले बताइन्।
एउटा स्टिकरमा ‘कम्तीमा चारदेखि ९ पटकसम्म गर्भजाँच गराऔँ’ लेखिएको छ भने अर्कोमा ‘स्तनपान अमृत समान र सुरक्षित मातृत्व र पोषणमा ध्यान दिऔँ’ नारा लेखिएको छ। यस्ता स्टिकर गर्भवती र सुत्केरीको घरमा सबैले देख्ने स्थानमा टाँसिएको गाउँपालिकाले जनाएको छ।
समयमा गर्भजाँच नगराई घरमै सुत्केरी गराउँदा महिलाको मृत्युको क्रम बढ्न थालेपछि गाउँपालिकाले विशेष कार्यक्रम तय गर्दै स्टिकर टाँस्ने निर्णय गरेको हो। गर्भवतीलाई गर्भजाँच गराउन स्वास्थ्य संस्था जाँदा र फर्किँदा नि:शुल्क एम्बुलेन्स सेवा, सुत्केरी महिला र शिशुका लागि पौष्टिक आहार तथा गर्भजाँच गराएवापत तीन हजार आठ सय रुपैयाँ प्रोत्साहन भत्ता समेत दिइने गरिएको छ।
गर्भवती र सुत्केरीको स्वास्थ्यलाई ध्यान दिँदै फिक्कल गाउँपालिकाले सुरक्षित मातृत्व तथा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य