अस्पतालमा सुरक्षा नभएको भन्दै सबै डाक्टर बसे बिदामा
काठमाडाैं : अस्पतालमा काम गर्न सुरक्षा नभएको भन्दै डडेल्धुरा अस्पतालका सबै डाक्टर बिदामा बसेका छन्।
सुरक्षाको कारण देखाउँदै सो अस्पतालमा कार्यरत ११ जना डाक्टरले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई बिदामा बस्ने भन्दै पत्र बुझाएका हुन्।
मेडिकल सुपरिटेन्डेन्टलाई बुझाएको पत्रमा चिकित्सकहरुले सरकारले प्रमुख जिल्ला अधिकारीले डर र धम्की दिएको उल्लेख छ । सुरक्षा दिने निकाय नै गैरजिम्मेवार बनेकोले बिदामा बस्नुपरेको पनि पत्रमा उल्लेख छ । अस्पतालमा आतकं मच्चाउनेलाई कारवाही नगरेसम्म काममा नफर्कने सामुहिक बिदापत्रमा उल्लेख छ।
गत ३१ जेठमा अमरगढी नगरपालिका ६ कि २५ वर्षीया गीता ताम्राकारको शल्यक्रियाका क्रममा मृत्यु भएपछि आफन्तहरुले चिकित्सकको लापरवाही भन्दै अस्पतालमा हुलदंगा मच्चाएका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?