स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति
बाजुरा : जिल्लाको बूढीगङ्गा नगरपालिकास्थित टाँटे स्वास्थ्यचौकी अब अस्पतालमा स्तरोन्नति भएको छ।
यो स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने सरकारको निर्णयसंगै यसलाई १५ श्ययाको अस्पताल बनाउने निर्णय गरेको बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले जानकारी दिए।
स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि लामो समयदेखि पहल गरेपछि बल्ल अस्पताल बन्न लागेको बूढीगङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले बताए।
अस्पताल बन्ने भएपछि बाजुराको तल्लो क्षेत्रका नागरिकलाई ठूलो सहयोग पुग्ने उनको भनाइ छ । यो भेगमा अस्पताल नहुँदा अहिले पनि छिमेकी जिल्ला अछामको बयलपाटा अस्पताल पुग्नुपर्ने बाध्यता छ ।
टाँटे स्वास्थ्यचौकी नमूना स्वास्थ्यचौकीको रूपमा रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ। २०२० मा स्थापना भएको टाँटे स्वास्थ्यचौकीमा हाल प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा सञ्चालन गर्दै आएको छ।
स्वास्थ्यचौकीले दिने सेवाभन्दा आकस्मिक रुक्तसञ्चार सेवा, एक्सरे सेवा, इर्मेजेन्सी सेवा, ल्याव सेवा र बिरामी भर्ना गरेर उपचार गर्दै आएको जिल्ला जनस्वास्थ्य अधिकृत अशोक सिंहले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?