Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतको विहारमा गर्मीले ७१ जनाको मृत्यु

भारतको विहारमा गर्मीले ७१ जनाको मृत्यु

भारतको विहारमा गर्मी र लूका कारण कम्तीमा ७१ जनाको मृत्यु भएको छ। औरंगाबाद, गया र नवादा जिल्लामा गर्मीका कारण ठूलो संख्यामा मानिसहरू प्रभावित भएको स्थानीय समाचार संस्थाहरूले जनाएका छन्।

सरकारी अधिकारीहरुका अनुसार विहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादा जिल्लामा १३ जनाको लू का कारण मृत्यु भएको छ। बिहार सरकारले भने के कारणले मृत्यु भएको हो भन्नेबारे छानबिनपछि मात्रै जानकारी दिने बताएको छ।

जिल्ला अस्पतालहरूले गर्मीकै कारण यति ठूलो संख्यामा मानिसको मृत्यु भएको पुष्टि गरेका छन् । सरकारले सबै मृतकको परिवारलाई चार–चार लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ।

विहारमै सुख्खा खोकीका कारण ठूलो संख्यामा बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। खोकीबाट शनिबार २० बालबालिकाको मृत्यु भएको छ। खोकीका कारण केही समययता मात्रै एक सयभन्दा बढीको मृत्यु भएको समारसंस्थाहरूले जनाएका छन्।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन