चन्द्रागिरिमा नगर अस्पतालको शिलान्यास
काठमाडौं : चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक अस्पताल निर्माण हुने भएको छ।
चन्द्रागिरि नगरपालिकाको एक करोड र प्रदेश सरकारको एक करोड रुपैयाँ लगानीमा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा सामुदायिक अस्पताल निर्माण हुनलागेको हो।
सो नगरस्तरीय अस्पतालको उद्घाटन शनिबार नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरे। नगरप्रमुख घनश्याम गिरीले संविधानले प्रदान गरेको जनताले पाउनुपर्ने स्वास्थ्यसेवाको अधिकारलाई पूरा गर्न अस्पताल निर्माण थालेको बताए।
१५ देखि २५ श्ययासहित निर्माण हुने उक्त अस्पताल साँढे तीनतले हुनेछ। प्रदेश सरकार र नगरपालिकाबाट नपुगेको रकम चन्द्रागिरि नगरपालिका–८ ले व्यहोर्ने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए।
एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण हुनलागेको अस्पतालमा वार्षिक एक लाखभन्दा बढीले सेवा पाउने नगरपालिकाले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण