मिर्गौला रोगीलाई २५ लाख सहयोग
स्याङ्जा : दुवै मिर्गौलाले काम नगरेपछि उपचार गराइरहेका वालिङ नगरपालिका–९ निवासी खुमबहादुर गुरुङलाई सहयोग रकम हस्तान्तरण गरिएको छ।
वालिङ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका गुरुङको उपचारमा सहयोग पुर्याउने उद्देश्यले वालिङ बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख रीना रानाको संयोजकत्वमा सहयोग रकम सङ्कलन समिति निर्माण गरिएको थियो।
क्याम्पसले चलाएको अभियानमा सङ्कलित रकम २४ लाख ७४ हजार ९२७ रुपैयाँ हस्तान्तरण गरिएको हो। गण्डकी प्रदेशसभा सदस्य एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद रेग्मीले शनिबार सो रकम हस्तान्तरण गरे।
गुरुङ थप उपचारका लागि भारत जाने तयारीमा रहेका बेला सहयोग रकम हस्तान्तरण गरिएको हो। उनको उपचारका लागि सहयोग रकम सङ्कलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सञ्चारकर्मी टिकराज गुरुङलाई क्याम्पसले सम्मान गरेको छ।
मिर्गौलापीडित प्राध्यापक खुमबहादुर गुरुङको उपचारको सहयोगका लागि टिकराज गुरुङले देशविदेशमा रहेका१३ लाख ५३ हजार ६०८ सङ्कलन गरेका थिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’