हाइड्रोसिलको निःशुल्क उपचार
बागलुङ : धवलागिरि अञ्चल अस्पतालले निःशुल्क हाइड्रोसिलको उपचार शुरु गरेको छ।
‘हाइड्रोसिलको शल्यक्रियाका लागि सर्जन तथा एनेस्थेसिया चिकित्सकको अभावका कारण जनताले पैसा तिर्दासमेत सेवा लिन पाएका थिएनन्, मेडिकल सुपरिटेण्डेन डा. सागरकुमार राजभण्डारीले भने, ‘अहिले सर्जन तथा एनेस्थेसियाका चिकित्सकको आगमनसँगै हाइड्रोसिलको शल्यक्रिया शुरु भएको हो।’
रोग लुकाउने तथा सरकारी अस्पतालमा उपचारका लागि नआउने हाइड्रोसिलका रोगीलाई आकर्षण गर्नका लागि सचेतना अभियान आवश्यक रहेको डा. राजभण्डारीले बताए। उनका अनुसार निजी अस्पतालमा हाइड्रोसिलको शल्यक्रिया गर्दा सातदेखि १० हजार रुपैयाँ खर्च लाग्छ।
चिकित्सक अभाव खड्किरहने अस्पतालमा अहिले नौ विशेषज्ञसहित २३ चिकित्सकले सेवा प्रदान गर्दै आएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए।
हात्तीपाइले रोगको जीवाणु शरीरमा प्रवेश गरेपछि पुरुषको शरीरको अण्डकोष सुन्निने, रातो हुने र पानी जम्ने अवस्थालाई हाइड्रोसिलभनिने चिकित्सहरू बताउँछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण