आँखा शिविरबाट २५० ज्येष्ठ नागरिक लाभान्वित
कञ्चनपुर : भीमदत्तनगरमा शनिबार ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा २५० जना लाभान्वित भएका छन्।
भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पताल तथा महेन्द्रनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो।
शिविरमा २५० ज्येष्ठ नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको भीमदत्तनगर आँखा अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले बताए। उनका अनुसार ८० दृष्टिदोष भएका ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण गरिएको थियो।
आँखा जाँचका क्रममा मोतियाविन्दु भएको पाइएका ५५ र एक आँखामा मासु पलाएका ज्येष्ठ नागरिकको भीमदत्तनगरस्थित आँखा अस्पतालमा आइतबार निःशुल्क शल्यक्रिया गरिने अधिकृत धामीले जानकारी दिए।
रकम अभावले टाढा पुगेर आँखाको उपचार गराउन नपाएका बिरामीहरूले राहत महसुस गरेको बताए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य