निःशुल्क स्वास्थ्य शिविरमा लिए ३५० ले सेवा
नुवाकोट : जिल्ला स्वास्थ्य कार्यालय नुवाकोट र किस्पाङ गाउँपालिकाको समन्वयमा सञ्चालित एकदिने स्वस्थ्य शिविरमा ३५० भन्दा बढीले सेवा लिएका छन्।
किस्पाङ गाउँपालिका–२ गोगनेमा रहेको कालिका आधारभूत विद्यालयमा शिविर सम्पन्न भएको हो। शिविरमा विशेषगरी महिला, वृद्धवृद्धालाई ग्राहयता दिएको बताइएको छ। गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएको भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका थिए।
शिविरमा जिल्ला अस्पताल त्रिशूलीका डा. अमित श्रेष्ठ, डा सुजन तामाङलगायतले उपचार गरेको कार्यालयका निमित्त प्रमुख राममणि घिमिरेले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?