११ महिनामा २६ जनामा डेङ्गु
चितवन : जिल्लामा चालु आर्थिक वर्षको ११ महिनामा२६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ।
एक हजार ३७० जनाको रगत परीक्षणका क्रमामा २६ जनामा डेंगुका बिरामी देखिएका हुन्। जिल्ला स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ११ जना चितवनका छन्। अघिल्लो आर्थिक वर्षमा एक हजार २९१ को रगत परीक्षण गरिएकामा ५९ जनामा सो सङ्क्रमण भेटिएको उनले बताए।
जिल्लाको भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र, रत्ननगर नगगरपालिका र राप्ती नगरपालिकाको मुख्य शहरी क्षेत्रमा बढी सङ्क्रमित भेटिएका छन्।
रोग नियन्त्रणका लागि कार्यालयले भरतपुर महानगरपालिकामा यही असार १ देखि ३ गतेसम्म लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ।
डेङ्गु रोग सार्ने एजिप्ट एडिस नामको लामखुट्टेले पानी जमेको ठाउँमा फूलपार्ने भएकाले ती ठाउँमा देखिएका लार्भा खोजेर नष्ट गर्न महानगरपालिकामा स्वास्थ्य स्वयमंसेविका परिचालन गरिने छ। उनीहरुले आफ्नो क्षेत्रमा लार्भा खोजेर नष्ट गर्नुका साथै डेङ्गु सम्बन्धी सचेतना फैलाउने छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण