‘दुई प्रतिशतले मात्र नियमित रक्तदान गरे पूरा हुन्छ रगतको माग’
काठमाडौं : सरोकारवालाहरूले कुल जनसंख्याको दुई प्रतिशतले मात्र नियमित रक्तदान गरे नेपालमा रगतको माग पूरा हुने बताएका छन्।
विश्व रक्तदाता दिवसको अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यक्रमका वक्ताहरूले विभिन्न गलत धारणाका कारण मानिसहरू रक्तदान गर्न हिच्किचाउने बताएका हुन्।
कार्यक्रममा प्रयोगशालाकी निर्देशक रुना झाले १८ देखि ६५ वर्षसम्मका स्वस्थ व्यक्तिले तीन\तीन महिनामा रक्तदान गर्न सक्ने बताइन्। दुर्घटनामा परेका, शल्यक्रियालगायत गम्भीर प्रकारका रगत आवश्यक पर्ने भएकाले जानेबुझेका मानिसले आफ्ना परिवार र आफन्तलाई रक्तदानका लागि प्रेरित गर्नुपर्ने उनको भनाइ छ।
‘अरु चिजजस्तो अन्य प्रविधिबाट रगत उत्पादन गर्न नमिल्ने भएकाले रक्तदान गर्नुको विकल्प छैन’, झाले भनिन्, ‘एकजनाले दिएको एक प्याकेट रगतले तीनजनासम्मको ज्यान जोगिन्छ।’
कार्यक्रममा ब्लड बैंककी निर्देशक डा. मनिता राजकर्णिकारले रगत व्यवस्थापन गर्नु गाह्रो काम भएको बताइन्। मागअनुसार रगत आपूर्ति गर्न नसकेको भन्दै उनले रक्तदानका लागि सबैलाई आग्रह गरिन्।
दिवसको अवसर पारेर यसअघिप्रयोगशालाले प्रभातफेरी गरेको थियो। टेकुबाट शुरु भएको र्याली त्रिपुरेश्वर, थापाथली स्वास्थ्य मन्त्रालय हुँदै पुनः टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पुगेर टुंगिएको थियो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’