पास्नीको भोज खाँदा ३० जना भन्दा बढी बिरामी
धादिङ : नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमापास्नीको भोज खाँदा ३० जना भन्दा बढी बिरामी परेका छन्।
स्थानीय रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० जनाभन्दा बढी बिरामी परेको जिल्ला अस्पताल धादिङले जनाएको छ। तीमध्ये १९ जनाको अवस्था जटिल भएकाले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले जानकारी दिए।
बुधबार भोज खाएर फर्किएपछि बिरामीहरूमा दिसा पातलो हुने, बान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुनेजस्ता लक्षण देखिएको थियो।
उनीहरूको स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिहीबार साँझ धादिङ अस्पतालमा भर्ना गरिएको हो।
अस्पतालले ‘फुड प्वाइजन’ भएको हुनसक्ने बताएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?