झापामा पनि डेङ्गुका बिरामी
झापा : सुनसरीको धरानमा प्रकोपको रूप लिएको डेङ्गु मोरङसँगै झापामा पनि देखिएको छ।
जिल्लाका विभिन्न बजार क्षेत्रमा आजसम्म डेङ्गुका आठ बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
सङ्क्रमण देखिएका दमकका दुई जनाको दमक अस्पतालमा उपचार भइरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद अर्यालले जानकारी दिए। डेङ्गु अन्यत्र फैलिन नदिन जनचेतनामूलक कार्यक्रम शुरु गरेको उनले बताए।
जनचेतनामूलक कार्यक्रमअन्तर्गत उक्त रोगबारे बच्ने उपायबारे टोलटोलमा पुगेर जानकारीमूलक माइकिङसहित पर्चा पम्प्लेट वितरण गर्ने क्रम जारी रहेको अर्यालले जानकारी दिए।
यस्तै, लामखुट्टेको टोकाइबाट फैलिने डेङ्गुको स्रोत नै नष्ट गर्ने कार्यक्रमअनुसार लार्भा खोज्ने र नष्ट गर्ने क्रमसमेत चलिरहेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?