शल्यक्रियाका क्रममा बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव
काठमाडौं : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चावहिलस्थित ओम अस्पतालमा तनाव उत्पन्न भएको छ।
पित्तथैलीमा भएकाे पत्थरीको शल्यक्रिया गर्दा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको थियो।
बिरामीका आफन्तहरूले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका छन्। ड्रिल गरेर शल्यक्रिया गर्दा सानो आन्द्रा पनि सँगसँगै छेडिएको र त्यो समयमै नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् । उनीहरूले दोषी चिकित्सकलाई तत्काल कारबाही एवम क्षतिपूर्तिको माग गरेका छन्।
अस्पतालले भने बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले नभएको जानकारी दिएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा.केपी देवकोटाले चिकित्सकको लापरबाहीका कारण नभई संक्रमणका कारण बिरामीको मृत्यु भएको प्रतिक्रिया दिए। ‘यो कुरा हामीले उहाँहरुलाई राखेर पनि गरिसकेका छौं, फेरि किन नाराबाजी गरिरहनु भएको हो बुझ्न सकिएन, उनले भने ।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण