Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शल्यक्रियाका क्रममा बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव

शल्यक्रियाका क्रममा बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव

काठमाडौं : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चावहिलस्थित ओम अस्पतालमा तनाव उत्पन्न भएको छ।

पित्तथैलीमा भएकाे पत्थरीको शल्यक्रिया गर्दा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको थियो।

बिरामीका आफन्तहरूले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका छन्।  ड्रिल गरेर शल्यक्रिया गर्दा सानो आन्द्रा पनि सँगसँगै छेडिएको र त्यो समयमै नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् । उनीहरूले दोषी चिकित्सकलाई तत्काल कारबाही  एवम क्षतिपूर्तिको माग गरेका छन्।

अस्पतालले भने बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले नभएको जानकारी दिएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा.केपी देवकोटाले चिकित्सकको लापरबाहीका कारण नभई संक्रमणका कारण बिरामीको मृत्यु भएको प्रतिक्रिया दिए। ‘यो कुरा हामीले उहाँहरुलाई राखेर पनि गरिसकेका छौं, फेरि किन नाराबाजी गरिरहनु भएको हो बुझ्न सकिएन, उनले भने ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि