Health TV Online
Health TV Online

मोरङका ६ प्रतिशत विद्यार्थीमा दूरदृष्टि दोष

मोरङका ६ प्रतिशत विद्यार्थीमा दूरदृष्टि दोष

मोरङ : विद्यालय तहमा अध्ययनरत ६ प्रतिशत प्रतिशत बालबालिकामा दूरदृष्टि दोष पाइएको छ । सामुदायिक विद्यालयमा भन्दा निजीमा अध्ययनरत विद्यार्थीमा यो समस्या बढी छ ।

सामुदायिकमा तीन र निजी विद्यालयका नौ प्रतिशत बालबालिकामा दूरदृष्टि दोष रहेको पाइएकाे हाे ।  जिल्लामा गरिएको निः शुल्क शिविरमा यस्तो तथ्य बाहिर आएको हो।

नेत्र ज्योति संघको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्तर्गत विराटनगरमा सञ्चालित आँखा अस्पतालले सुनसरी जिल्ला र विराटनगर महानगरपालिकाका सबै विद्यालयका विद्यार्थीको निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिरहेको छ।

हालसम्ममा सुनसरी र विराटनगरका २०२ विद्यालयका ८५ हजार पाँच सय ३३ बालबालिकाको आँखा परीक्षण गरेको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार केन्द्ले जानकारी  दिएकाे छ । आँखा परीक्षण गरिएकामध्ये पाँच हजार ८७ बालबालिकामा दूरदृष्टि दोष रहेको पाइएको हाे ।

मोबाइलमा र कम्प्युटरमा धेरै खेल्ने र टेलिभिजन बढी हेर्ने बालबालिकामा दूरदृष्टि दोष पाइएको छ । यस्तै सामुदायिकमा भन्दा निजीमा अध्ययन गर्ने बालबालिकामा यस्तो समस्या बढी पाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार