मोरङका ६ प्रतिशत विद्यार्थीमा दूरदृष्टि दोष
मोरङ : विद्यालय तहमा अध्ययनरत ६ प्रतिशत प्रतिशत बालबालिकामा दूरदृष्टि दोष पाइएको छ । सामुदायिक विद्यालयमा भन्दा निजीमा अध्ययनरत विद्यार्थीमा यो समस्या बढी छ ।
सामुदायिकमा तीन र निजी विद्यालयका नौ प्रतिशत बालबालिकामा दूरदृष्टि दोष रहेको पाइएकाे हाे । जिल्लामा गरिएको निः शुल्क शिविरमा यस्तो तथ्य बाहिर आएको हो।
नेत्र ज्योति संघको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्तर्गत विराटनगरमा सञ्चालित आँखा अस्पतालले सुनसरी जिल्ला र विराटनगर महानगरपालिकाका सबै विद्यालयका विद्यार्थीको निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिरहेको छ।
हालसम्ममा सुनसरी र विराटनगरका २०२ विद्यालयका ८५ हजार पाँच सय ३३ बालबालिकाको आँखा परीक्षण गरेको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार केन्द्ले जानकारी दिएकाे छ । आँखा परीक्षण गरिएकामध्ये पाँच हजार ८७ बालबालिकामा दूरदृष्टि दोष रहेको पाइएको हाे ।
मोबाइलमा र कम्प्युटरमा धेरै खेल्ने र टेलिभिजन बढी हेर्ने बालबालिकामा दूरदृष्टि दोष पाइएको छ । यस्तै सामुदायिकमा भन्दा निजीमा अध्ययन गर्ने बालबालिकामा यस्तो समस्या बढी पाइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?