Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सकलाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर : गोदान

चिकित्सकलाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर : गोदान

काठमाडौं : सरकारी चिकित्सक संघ (गोदान)ले शिवराज अस्पताल, कपिलवस्तुमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार भएको भन्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।

बहादुरगञ्जस्थित शिवराज अस्पतालमा बुधबार दिउँसो दुईजनाले माइनर ओटी कक्षमा पसी होहल्ला गर्नुका साथै चिकित्सकहरूलाई दुर्व्यवहार गरेका थिए। चिकित्सकहरूलाई दुर्व्यवहार गर्ने रविदत्त मिश्र, शिवकुमार नामका ती दुई व्यक्तिलाई तत्काल हिरासतमा लिएर अनुसन्धान अघि बढाउन गोदानले जिल्ला प्रशासन कार्यालय, स्थानीय निकाय तथा गृह मन्त्रालयलाई आग्रह गरेको छ।

बुधबार प्रेस विज्ञप्ति निकालेर गोदानले दिनानुदिन चिकित्सक तथा स्वास्थ्यकर्मीहरू असुरक्षित रहने अवस्था आएकाले यो मुद्दालाई विशेष प्राथमिकता राखेर कानुनी रूपमा दीर्घकालीन समाधान निकाल्न सरकारसँग आग्रह गरेको छ।

‘चिकित्सक तथा स्वास्थ्यकर्मी प्रताडित भइरहने, प्रशासन र सरकार कानमा तेल हालेर बसिरहने हो भने सरकारी चिकित्सक संघ बाध्य भएर आन्दोलनमा जानसक्ने समेत जानकारी गराउँछौँ’, विज्ञप्तिमा भनिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार