धरान ‘डेंगु प्रकोप क्षेत्र’

धरान ‘डेंगु प्रकोप क्षेत्र’

सुनसरी : विभिन्न अभियान प्रभावकारी नभएपछि  स्वास्थ्य कार्यालय सुनसरीले धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको छ।

बुधबार साँझ कार्यालयले धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको हो। नियन्त्रणअभियान तीव्र रूपमा चलाए पनि बिरामीमा त्यसको प्रभाव नपरेपछि धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईँले जानकारी दिए।

धरानलाई औपचारिक रूपमा डेंगु प्रकोप क्षेत्र घोषणा गरिएपछि अब विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उपचार हुने र रोकथामका उपाय अवलम्बन गरिने उनले बताए।

प्रसाईँका अनुसार सुनसरीमा संक्रमितको संख्या ५४८ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४७४, बिजयपुर अस्पतालमा ७९, एपेक्स अस्पताल इटहरीमा एक र इटहरी अस्पतालमा तीन बिरामीको उपचार भइरहेको छ।