Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विराटनगरमा पनि डेंगुको संक्रमण फैलिंदै

विराटनगरमा पनि डेंगुको संक्रमण फैलिंदै

काठमाडाैं : धरानबाट सुरु भएको डेंगु इटहरी हुँदै विराटनगरसम्म फैलिन थालेको छ । विराटनगर महानगरपालिका १ र ३ नम्बर वडामा दुई जनामा डेंगुको संक्रमण भेटिएको छ । अन्य वडाका पनि बिरामी जाँचका लागि आउन थालेको नोबेल अस्पतालले जनाएको छ।

धरानमा गत वैशाख ३० गतेबाट फैलिएको डेंगु रोगबाट संक्रमितको संख्या ३१३ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  रोग फैलिंदै गएपछि डेंगु नियन्त्रणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको फगिङ मेशिन र प्राविधिकको सहयोगमा प्रभावित स्थानहरुमा विषादी छर्कने कार्यक्रम सञ्चालन भइरहेका छन्। जनचेतना बढाउन घरदैलो कार्यक्रम पनि सुरु गरिएकाे पनि महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार  लामखुट्टे र यसको लार्भा नस्ट गर्ने काम पनि सुरु गरेको छ । यसका साथै जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ । तर पनि डेंगु नियन्त्रणमा आउन सकेको छैन्।

मनसुन सुरु भएपछि डेंगु अझ बढ्न सक्ने भन्दै स्वास्थ्य मन्त्रालयका प्रवत्ता महेन्द्र श्रेष्ठले यसलाई अहिले नै नियन्त्रणमा लिन नसके भयावह अवस्था आउन सक्ने बताए । उनले भने, ‘डेंगु मुख्य फैलिने भनेकै पानी परेपछि हो ‘त्यसैले यसलाई नियन्त्रण गर्न सबै निकाय लाग्नपर्ने बताए ।

डेंगुबाट बच्र घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाइबाट जोगिन झुल लगाएर  सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफा राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले बच्न सकिन्छ।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि