गर्भवतीलाई वडाको कोसेली : प्रतिमहिना १० वटा अण्डा
काभ्रे : रोशी गाउँपालिका वडा नम्बर १२ ले गर्भवतीलाईअण्डा वितरण गर्न थालेको छ। गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणमा सहयोग पुर्याउने उद्देश्यले यो अभियान थालेको वडाले जनाएको छ।
गर्भ रहेको सामान्यतयाः चारदेखि नौ महनिासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको वडाध्यक्ष राम लामाले जानकारी दिए।
गर्भ रहेको चारदेखि नौ महनिासम्मप्रति महिना १० वटाका दरले अण्डा वितरण गरिनेलामाले बताए। यो सेवा पाउन गर्भवतीले पहिलो परीक्षण अवधि तीन महीनादेखि प्रत्येक महिनामा जाँच गराउनुपर्ने बताइएको छ।।
गर्भ जाँचका लागि पुस्वास्थ्य संस्था पुगेका महिलालाई स्वास्थ्यको अवस्था र आवश्यक पौष्टिक आहारका विषयमा जानकारी गराएर अण्डा वितरण गर्ने गरिएको बताइएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य