Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

म्याग्दीको रघुगंगा गाउँपालिकामा सामुदायिक स्वास्थ्य एकाइ

म्याग्दीको रघुगंगा गाउँपालिकामा सामुदायिक स्वास्थ्य एकाइ

म्याग्दी : रघुगंगा गाउँपालिका–८ कुइनेखानीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ।

यससँगै स्थानीय बासिन्दाले सामान्य बिरामी पर्दासमेत औषधि उपचारका लागि पूरै एक दिन हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन्। ६० घरधुरीको बसोबास रहेको कुइनेगाउँदेखि नजिकको बस्ती मल्कवाङ, पाखापानी र मङ्गले जान र फर्किन पुरै एक दिन हिँड्नुपर्छ।

एकाइ खुलेपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको स्थानीय खबहादुर छन्त्यालले बताए। कुइनेमा अल्पसङ्ख्यक छन्त्याल समुदायको बढी बसोबास छ। भीर र जङ्गलको बाटो भएर स्वास्थ्य संस्था पुग्न सास्ती भएको थियो। स्थानीय विषु छन्त्यालले आधारभूत औषधि उपचार सेवा नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता हटेको भन्दै खुशी व्यक्त गरिन्।

उच्च पहाडी क्षेत्रमा अवस्थित कुइनेखानीमा सडकको सुविधा छैन। एकाइ सञ्चालनका लागि गाउँपालिकाले भवन निर्माण र एक अहेबको व्यवस्थापन गरेको छ। स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिइने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टीकाबहादुर शाहीले बताए।

गाउँपालिकाको पाँच लाख रुपैयाँ अनुदानमा निर्माण भएको स्वास्थ्य एकाइको भवन मंगलबार अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गरे। कुइनेखानीका अतिरिक्त रायखोर, दर्मीजा र मौवाफाँटमा स्वास्थ्य एकाइ र झिँ स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा शुरु गरिएको जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि