Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सैनिक जवानले बचाए गर्भवतीकाे ज्यान

सैनिक जवानले बचाए गर्भवतीकाे ज्यान

 राजविराज:   रगतको अभावमा जीवन र मृत्युको दोसाँधमा पुगेकी एक गर्भवतीलाई सैनिकले रगत दिएर बचाएका छन्।

सप्तरीको कञ्चनरुप नगरपालिका– ४ रुपनगर निवासी २९ वर्षीया चम्पाकुमारीले बच्चा जन्माउने क्रममा एबी नेगेटिभ’ रगत अभाव भएको थियो ।

कमै मात्र पाइने सो रगत अस्पताल परिसरभित्र रहेको रक्त सञ्चार केन्द्रमा नपाइएकाले चम्पाकुमारीको परिवार अप्ठेरोेमा परेको थियो । रक्त सञ्चार केन्द्रले नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट उक्त समूहको रगत नपाएपछि भीमदल गणमा अनुरोध गर्दा उक्त गणका सिपाही  राजेन्द्रबहादुर रावलले रक्तदान गरेकाले चम्पाकुमारीलाई बचाउन अस्पताल सफल भएको गणपति गुप्तबहादुर कुँवरले जानकारी दिए ।

रगत पाएपछि उनले स्वस्थ शिशु जन्माएकी थिइन । एबी नेगेटिभ रगत १०० मध्ये एक जनामा मात्रै पाइने जानकारहरु बताउँछन् । रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन