सिन्धुली अस्पतालका चिकित्सक आन्दोलित
सिन्धुली : बिमारीका आफन्तले हातपात गरेपछि सिन्धुली अस्पतालका चिकित्सक आन्दोलित भएका छन्। अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू मंगलबार बिहानदेखिआन्दोलित भएका हुन् ।
सोमबार राति श्रीमतीको उपचार गराउन अस्पताल पुगेका कमलामाई नगरपालिका–१० घर भई कमलामाई नगरपालिका–५ का कृष्ण बस्नेतले डा. दिवस ढकालमाथि हातपात गरेको भन्दै चिकित्सकआन्दोलित भएका हुन्।
बस्नेतले श्रीमती अनुषा कार्कीलाई उपचारका लागि अस्पताल ल्याएका थिए। चिकित्सकको टोलीले उपचार गरिरहँदा गाली गर्दै उनले डा. ढकाललाई घोक्रयाएर हातपात गरेको चिकित्सकको आरोप छ ।
डाक्टरहरूले विज्ञप्ति निकालेर घटनाको दोषीलाई कारवाहीको माग समेत गरेका छन्। विज्ञप्तिमा उनीहरूले दोषीलाई कानुनी दायरामा नल्याएसम्म अन्तरंग र आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने बताएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’