Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सिन्धुली अस्पतालका चिकित्सक आन्दोलित

सिन्धुली अस्पतालका चिकित्सक आन्दोलित

सिन्धुली : बिमारीका आफन्तले हातपात गरेपछि सिन्धुली अस्पतालका चिकित्सक आन्दोलित भएका छन्। अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू मंगलबार बिहानदेखिआन्दोलित भएका हुन् ।

सोमबार राति श्रीमतीको उपचार गराउन अस्पताल पुगेका कमलामाई नगरपालिका–१० घर भई कमलामाई नगरपालिका–५ का कृष्ण बस्नेतले डा. दिवस ढकालमाथि हातपात गरेको भन्दै चिकित्सकआन्दोलित भएका हुन्।

बस्नेतले श्रीमती अनुषा कार्कीलाई उपचारका लागि अस्पताल ल्याएका थिए। चिकित्सकको टोलीले उपचार गरिरहँदा गाली गर्दै उनले डा. ढकाललाई घोक्रयाएर हातपात गरेको चिकित्सकको आरोप छ ।

डाक्टरहरूले विज्ञप्ति निकालेर घटनाको दोषीलाई कारवाहीको माग समेत गरेका छन्। विज्ञप्तिमा उनीहरूले दोषीलाई कानुनी दायरामा नल्याएसम्म अन्तरंग र आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने बताएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन