Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सकलाई दुर्व्यवहार गर्नेले छुट नपाउन् : नेपाल चिकित्सक संघ

चिकित्सकलाई दुर्व्यवहार गर्नेले छुट नपाउन् : नेपाल चिकित्सक संघ

काठमाडौं : नेपाल चिकित्सक संघले सिन्धुलीमा चिकित्सकमाथि भएको घटनामा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

सिन्धुली अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा. दिवस ढकाललाई सोमबार राति अस्पताल परिसरमा अभद्र व्यवहार, गालीगलौज र हातपात भएको भन्दै संघले घटनाको भर्त्सना गरेको हो।

‘स्वास्थ्य संस्थाको शान्तिपूर्ण वातावरणलाई अपराधिक क्रियाकलापका कारण बारम्बार असहजता प्रदान गर्ने घटनाक्रमले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मात्र नभई अन्य सर्व साधारण नागरिकलाई समेत गम्भीर असर पुग्छ’, अध्यक्ष डा.मुक्तिराम श्रेष्ठद्वारा मंगलबार प्रेसित विज्ञप्तिमा भनिएको छ, ‘यो घटनामा संलग्नलाई तत्काल कानुनी दायराभित्र ल्याई कारवाही गर्न नेपाल चिकित्सक संघ स्थानीय सरकार तथा सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछ।’

दोषीहरूलाई कानूनी दायरामा ल्याउन हालको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई परिमार्जन गरी बिना धरौटी जेल चलानको प्रावधान समावेश गर्ने कानुन तत्काल ल्याउनुपर्ने संघको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि