Health TV Online
Health TV Online

डाक्टरलाई दुर्व्यवहार गर्नेमाथि कडा कारबाही गर्न सरकारी चिकित्सकको माग

डाक्टरलाई दुर्व्यवहार गर्नेमाथि कडा कारबाही गर्न सरकारी चिकित्सकको माग

काठमाडौं : सरकारी चिकित्सक संघले गत सोमबार सिन्धुली अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक डा. दिवस ढकालमाथि अभद्र व्यवहार भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

मंगलबार विज्ञप्ति निकालेर संघले कमलामाई नगरपालिका १० बस्ने कृष्ण बस्नेत नामका व्यक्तिले चिकित्सकमाथि हातपात गरेको भन्ने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

‘यस्ता अराजक तत्त्वलाई स्थानीय समाज र कानुनी निकायले तत्काल दण्डित गर्न र निज चिकित्सक तथा अस्पतालमा यथेष्ट सुरक्षाको व्यवस्था गरी निजलाई न्याय दिलाउन समेत नेपाल सरकार र सम्बन्धित सबै समक्ष यो संघ जोडदार माग गर्दछ’, अध्यक्ष डा. दीपेन्द्र पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

संघले यस्ता घटना निरुत्साहन गर्न ‘धरौटीमा रिहा गर्न नमिल्नेगरी जेल चलान’को व्यवस्था गर्न माग गरेको । यस्ता अराजकता प्रति सरकार मुकदर्शक भए देशव्यापी आन्दोलन गर्नेसमेत चेतावनी दिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार