Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आर्युर्वेदका विशेषज्ञ चिकित्सकलाई पुल दरबन्दीमा राख्न माग

आर्युर्वेदका विशेषज्ञ चिकित्सकलाई पुल दरबन्दीमा राख्न माग

काठमाडौं : आयुर्वेदका विशेषज्ञ चिकित्सकलाई संघ अन्तर्गत पुल दरबन्दीमा राख्न माग गरिएको छ । नेपाल आयुर्वेद चिकित्सक संघले आयुर्वेदका १२ जना विशेषज्ञ चिकित्सकहरुलाई पुल दरबन्दीमा राख्न माग गर्दै स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको ध्यानाकर्षण गराएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति भएको भए पनि आयुर्वेदका चिकित्सकलाई बेवास्ता गर्दै पुल दरबन्दीमा नराखिएको संघको आरोप छ । यसअघि सरकारी चिकित्सकको आन्दोलनका कारण  मन्त्रालयले १ सय २३ जना विशेषज्ञ चिकित्सकलाई पुलदरबन्दीमा राख्न सामान्य प्रशासन मन्त्रालयमा सूची पठाइसकेको छ । तर त्यसमा आयुर्वेद तर्फका चिकित्सक नपरेको भन्दै संघले आपक्ति जनाएको हो ।

संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले यसै पनि आयुर्वेदका विशेषज्ञ चिकित्सक कम छन् भएकालाई पनि प्रदेशमा पठाउने हो भने नरदेवी अस्पताल नै चलाउन गाह्रो पर्ने अवस्था देखिएको बताए । उनले मन्त्रालयबाट आयुर्वेदलाई बेवास्ता गर्दै एकलौटी ढंगले सूची पठाएको भन्दै सच्याउन माग गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन