धनगढीको नवजीवन अस्पतालमा आइसियु सेवा सुरु
कैलाली : धनगढीको नवजीवन अस्पतालले सोमबारदेखि आइसियू सेवा सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले आइसियु कक्षको उदघाटन गरे ।
दुई करोडको लागतमा अस्पतालले भेन्टिलेटर सहितको ६ वेडको आइसियु सेवा सञ्चालनमा ल्याएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष एज्ञराज ढुंगानाले बताए । यो सँगै आइसियु अभावमा भारत लगायतका अन्य स्थानमा जानु पर्ने बाध्यताको अन्त्य भएको छ ।
अस्पतालले न्युरो सर्जरी बाहेकका सवै विशेषज्ञ सेवा प्रदान गर्दै आएको जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?