Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयमा अपराध महाशाखाको कुकुरसहितको टोली किन पुग्यो ? [भिडियाे]

स्वास्थ्य मन्त्रालयमा अपराध महाशाखाको कुकुरसहितको टोली किन पुग्यो ? [भिडियाे]

काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अपराध महाशाखाको कुकुरसहितको टोलीले जाँच गरेको छ । सोमबार अपरान्ह प्रहरीहरु विशेष तालिम प्राप्त कुकुरहरुसहित मन्त्रालय पुगेका थिए । काली र बाबु नाम गरेका दुई कुकुरले मन्त्रालयको गेटदेखि भित्र पस्ने मूलगेट हुँदै बगैंचा सम्पूर्ण स्थानमा जाँच गरेका थिए ।

प्रहरीको यो निरीक्षणकाे बारेमा  सुरक्षा जाँचमा सहभागी एक जनाले यो नियमित सुरक्षा जाँच भएको बताए । तर यता मन्त्रालयका कर्मचारीले भने यसभन्दा अघि यस्तो खालको सुरक्षा जाँच नभएको जनाएका छन्। एकाएक भएको यो सुरक्षा जाँचले सबैको मनमा प्रश्न उब्जाएको छ ।

भिडियाे: 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार