स्वास्थ्य मन्त्रालयमा अपराध महाशाखाको कुकुरसहितको टोली किन पुग्यो ? [भिडियाे]
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अपराध महाशाखाको कुकुरसहितको टोलीले जाँच गरेको छ । सोमबार अपरान्ह प्रहरीहरु विशेष तालिम प्राप्त कुकुरहरुसहित मन्त्रालय पुगेका थिए । काली र बाबु नाम गरेका दुई कुकुरले मन्त्रालयको गेटदेखि भित्र पस्ने मूलगेट हुँदै बगैंचा सम्पूर्ण स्थानमा जाँच गरेका थिए ।
प्रहरीको यो निरीक्षणकाे बारेमा सुरक्षा जाँचमा सहभागी एक जनाले यो नियमित सुरक्षा जाँच भएको बताए । तर यता मन्त्रालयका कर्मचारीले भने यसभन्दा अघि यस्तो खालको सुरक्षा जाँच नभएको जनाएका छन्। एकाएक भएको यो सुरक्षा जाँचले सबैको मनमा प्रश्न उब्जाएको छ ।
भिडियाे:





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?