सांसदले दिए नौ स्थानीय तहलाई एम्बुलेन्स, दुई शवबाहन
काठमाडौं : प्रतिनिधिसभाका सदस्य जिपछिरिङ लामाले जिल्लाका नौवटा स्थानीय तहलाई एम्बुलेन्स र दुईवटा स्थानीय तहलाई शववाहन प्रदानगरेका छन्।
सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसबाट लामाले निजी खर्चमा चारवटा गाउँपालिकालाई एक–एकवटा एम्बुलेन्स र दुईवटा नगरपालिकालाई शववाहन हस्तान्तरण गरेका हुन। पाँच स्थानीय तहलाई उनले पहिले नै एम्बुलेन्स हस्तान्तरण गरिसकेका थिए।
लामाले भीमेश्वर नगरपालिका, शैलुङ गाउँपालिका, गौरीशंकर गाउँपालिका, वैत्येश्वर गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरे। जिरी र भीमेश्वर नगरपालिकालाई एक–एकवटा शववाहन प्रदान गरे।
यसअघि उनले काठमाढडौंमा कार्यक्रम गरी जिरी नगरपालिका तथा तामाकोसी, कालिञ्चोक, बिगु र मेलुङ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए।
सडक विकासले गति लिँदै गरेका ग्रामीण बस्तीमा उपचार अभावमा बिरामीले कष्ट भोग्नु परेको देखेर स्थानीय तहलाई एम्बुलेन्स र शववाहन उपलब्ध गराएको उनले बताए।
जिरी नगरपालिका १ श्यामा गाउँका बासिन्दा सांसद लामा निर्माण व्यवसायी पनि हुन्। उनी प्रतिनिधिसभामा कांग्रेसबाट समानुपातिक सांसद हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?