स्वास्थ्य केन्द्रमा न पर्याप्त जनशक्ति, न औषधि
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार कर्मचारी छैनन्।
जनकपुरधामदेखि करिब २५ किलोमिटर उत्तरमा पर्ने केन्द्रमा चिकित्सक, स्वास्थ्य सहायक, अहेब, नर्स, अनमी, ल्याब असिस्टेन्ट, कार्यालय सहयोगीसहित १४ जनाको दरबन्दी छ। तर हाल यहाँ एक चिकित्सक, नर्स, स्वास्थ्य सहायक र कार्यालय सहयागी गरी पाँच जना मात्र छन्।
स्वास्थ्य केन्द्र प्रमुख डा.अशोक साहका अनुसार स्वास्थ्य केन्द्रमा पर्याप्त औषधि समेत छैन । बहिरङ्ग सेवा मात्रै सञ्चालित स्वास्थ्य केन्द्रमा सेवाग्रहीले आधारभूत स्वास्थ्य सेवा पनि पाउन सकेका छैनन्।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य भवन निर्माण गरी सहरी विकास तथा भवन निर्माण विभागले नगरपालिकालाई हस्तान्तरण गरे पनि सञ्चालनमा आउन सकेको छैन ।
स्वास्थ्य केन्द्रबाट १५ शय्यासहितको सेवा प्रदान गर्ने उद्देश्य भए पनि आधारभूत भौतिक संरचना व्यवस्थापन नभएकाले सञ्चालनमा कठिनाइ भएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’