स्वास्थ्य संस्थालाई उपकरण प्रदान
बैतडी : शिवनाथ गाउँपालिकाले स्वास्थ्यचौकी तथा प्रसूति सेवा केन्द्र (बर्थिङ सेन्टर)लाई आवश्यक सामग्री प्रदान गरेको छ ।
स्थानीय तहका स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा विनियोजित रकममध्ये १५ लाख रुपैयाँले तीन स्वास्थ्य चौकी तथा १३ बर्थिङ सेन्टरका लागि शल्यक्रियाका सामग्री, प्रसूति शय्या, प्रसूतिका लागि आवश्यक सामग्री, अन्य शय्या, दराज, स्टेचरलगायत २३ प्रकारका सामग्री वितरण गरेको हो।
घरमा हुने सुत्केरी शून्य गराउने अभियानअन्तर्गत गाउँपालिकास्थित १३ वटै प्रसूति सेवा केन्द्रमा आवश्यक उपकरण तथा कर्मचारीको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए।
गाउँपालिकाका सबै स्वास्थ्य संस्था उपकरण, प्रसूति श्ययालगायत सामग्री प्रदान गरिएको छ। महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्ट्रेचर प्राप्त गरेको स्वास्थ्य चौकीका इञ्चार्ज नरेन्द्र महतले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?