हुम्लाका विकट गाउँमा पहिलोपटक विशेषज्ञसहितको स्वास्थ्य शिविर
हुम्ला : जिल्लाका बिरामीले गाउँमै पहिलोपटक विशेषज्ञ चिकित्सकबाट उपचार पाएका छन्। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आयोजित स्वास्थ्य शिविरमा सामान्यदेखि जटिल रोगहरूको पनि उपचार गरिएको थियो।
शिविरमा सर्केगार्ड, अदानचुली, ताजाकोट गाउँपालिकाका पाँच हजार भन्दा बढी सर्वसाधारणले उपचार गराएका छन्। ताजाकोट गाउँपालिकाका एक हजार २०० मध्ये नौ जनाको हाडजोर्नी अप्रेशन र ४२ जनाले दाँतको उपचार गराएका छन्।
शिविरमा अप्रेसन गराएका एक सय २८ जना मध्ये १६ जनाको जटिल अप्रेशन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मंगल रावलले जानकारी दिए।
शिविरमा रावलसहित जनरल सर्जन हरिहर देवकोटा, एस्थेसियोलोजिष्ट डाक्टर रमेश भट्टराई जिल्ला अस्पताल हुम्लाका डाक्टर अमित विष्ट, दन्तरोग सर्जन भूमेश काफ्ले लगायतको टोलीले सेवा दिएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?