Health TV Online
Health TV Online
Health TV Online

उपचारका क्रममा युवतीको मृत्युपछि अस्पतालमा तनाव

उपचारका क्रममा युवतीको मृत्युपछि अस्पतालमा तनाव

झापा : उपचारका क्रममा युवतीको मृत्यु भएपछि विर्तामोडस्थित कनकाई अस्पताल परिसर आइतबार दिनभर तनावग्रस्त बन्यो।

एपेन्डिसको शल्यक्रियाका लागि कनकाई अस्पतालमा भर्ना सूर्योदय नगरपालिका ९ फिक्कलकी २१ वर्षीया देविका तामाङको मृत्यु भएपछि आफन्तहरू आक्रोशित भएका हुन्।

मृतकका आफन्तजनहरू अस्पताल तोडफोडमा उत्रिएपछि भीड नियन्त्रण प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहारसहित लाठी चार्ज गर्दा केही व्यक्ति घाइते भएका छन्।

अस्पतालको लापरबाहीले युवतीको मृत्यु भएको भन्दै पीडित पक्षका आफन्तजनहरू शव राखेर अस्पताल तोडफोडमा उत्रिएको  इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए।

उपचारमा संग्लन चिकित्सक सन्तोषकुमार मिश्रलाई कारबाहीको माग गर्दै उनीहरूले अस्पताल परिसरमै शव राखेर प्रदर्शन गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार